बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News मनसुनको अद्यावधिक आँकलन सार्वजनिक : अबको तीन महिना मधेस प्रदेशमा सरदर भन्दा कम वर्षा हुने

मनसुनको अद्यावधिक आँकलन सार्वजनिक : अबको तीन महिना मधेस प्रदेशमा सरदर भन्दा कम वर्षा हुने

by sambridhaonline

असार २०,पोखरा – नेपालमा मनसुन भित्रिएको एक महिनापछि अद्यावधिक आँकलन सार्वजनिक गरिएको छ । जल तथा मौसम विज्ञान विभागले मनसुनी आँकलन अद्यावधिक गरी आउँदो असोज मध्यसम्मको अवस्था सार्वजनिक गरेको हो ।

अद्यावधिक आँकलन अनुसार अबका तीन महिना मधेसका दक्षिणी भागमा सरदरभन्दा कम वर्षा हुनेछ । मनसुनको एक महिना बित्दा पनि मधेसमा उल्लेखनीय वर्षा हुन सकेको छैन । त्यस्तै अबका तीन महिना कोशीका दक्षिणी भागमा सरदर पानी पर्ने र देशका बाँकी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना छ ।

यसअघि गएको वैशाखमा विभागले गरेको पूर्वानुमान अनुसार यसवर्ष मधेसमा सरदर हाराहारी र कोशीमा सरदरभन्दा धेरै पानी पर्ने उल्लेख थियो । सामुद्रिक र मनसुनी गतिविधि हेर्दा कोशी र मधेसमा यसअघिको पूर्वानुमान संशोधन गरिएको विभागले बुलेटिनमार्फत जनाएको छ ।

पछिल्लो पूर्वानुमान अनुसार मधेस प्रदेशका सप्तरी, सिराह, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका दक्षिणी भागमा कम पानी पर्ने देखिन्छ । कोशीका झापा, मोरङ, सुनसरी, इलाम, धनकुटामा, पाँचथर, भोजपुर, खोटाङका दक्षिणी भागमा सरदर पानी पर्ने आँकलन गरिएको छ । देशका अरू ठाउँमा भने यसअघिको मौसम पूर्वानुमान मिल्ने अनुमान छ ।

यसैबीच आज बिहान मधेस प्रदेशबाहेक अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै ठाउँमा र बाँकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित ठूलो पानी पर्ने सम्भावना रहेको छ । काठमाण्डौ उपत्यकामा आज दिउँसो पनि मध्यम वर्षाको सम्भावना छ । अहिले देशभर मनसुनी वायुको प्रभाव छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline