बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News सुन चोरीको आरोपमा स्याङ्जाबाट दुईजना पक्राउ

सुन चोरीको आरोपमा स्याङ्जाबाट दुईजना पक्राउ

by sambridhaonline

असार २१,पोखरा – स्याङ्जाको वालिङ् नगरपालिकाबाट सुन चोरीको आरोपमा दुईजना पक्राउ परेका छन् ।

चापाकोट नगरपालिका -४ घर भई हाल वालिङ् नगरपालिका -६ बस्ने ३४ वर्षीया दिपा क्षेत्री र वालिङ् नगरपालिका -९ बस्ने ३२ वर्षीय दुर्गा विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

यही असार १७ गते वालिङ् नगरपालिका -६ स्थित थानकुमारी पाण्डेको घरबाट सुन चोरी भएको थियो । पाण्डेको घरबाट सुन चोरी भएको सूचनाको आधारमा दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला दुई थान बरामद गरिएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवेश तिवारीले जानकारी दिनुभयो ।

उनीहरुलाई शुक्रबार स्याङ्जा अदालतबाट दस दिनको म्याद थप अनुमति लिएर चोरी मुद्दामा वडा प्रहरी कार्यालय वालिङ्बाट आवश्यक कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

वालिङ आसपासका क्षेत्रमा विगतका दिनहरूमा पनि घरभित्र पसी मानिसले लगाएका सुनहरू थुत्ने र चोर्ने जस्ता कार्यहरू भइरहेको र यस्ता घटनाहरूहरूबाट सचेत रहन र संकास्पद व्यक्तिहरू हिडडुल गरेको पाइएमा तुरून्तै नजिकको प्रहरीलाई जानकारी गराउन जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline