बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

भोजपुरमा एकै परिवारका ४ जनाको हत्या, घटनामा संलग्न रहेको आरोपमा ज्वाइँ पक्राउ

by sambridhaonline

असार २२,पोखरा – भोजपुरको रामप्रसादराई गाउँपालिका–२, धोद्लेखानीको बोन्थिताङमा एकै परिवारका चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका–२, हेलौछाका ज्वाइँ नाता पर्ने राजेन्द्र राईले सासु, ससुरा, श्रीमती र सालोको हत्या गरेको र उनी आफैले गएराति फोन गरेर प्रहरीमा खबर गरेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

घटनापछि ओख्रेमा रहेको अस्थायी प्रहरी चौकीबाट टोली खटिएको र ६८ वर्षीय वेलबहादुर गिरी (ससुरा), ४८ वर्षीया मञ्जु गिरी (सासु), राजेन्द्रकी श्रीमती र उनका भाइको शव फेला परेको प्रहरीको भनाइ छ ।

भागी विवाह गरेका ज्वाईँ पछिल्लो चार दिनदेखि ससुरालीमै बस्दै आएका थिए । घटनामा संलग्न राजेन्द्र पनि घाइते भएका छन् । उनलाई उपचारका लागि भोजपुर सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline