बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पाल्पाको सिद्धबाबामा पहिरोमा परी श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

पाल्पाको सिद्धबाबामा पहिरोमा परी श्रीमानकाे ज्यान गयो, श्रीमती घाइते

by sambridhaonline

असार २५ ,पोखरा – पाल्पाको सिद्धबाबामा पहिरोमा परेर एक जनाको ज्यान गएको छ । पाल्पा बुटवल सडक खण्डअन्तर्गत सिद्धार्थराजमार्गमा पर्ने दोभान ३ सिद्धबाबा मन्दिर नजिक गएको पहिरोमा परी रामपुर नगरपालिका–६ तालपोखराका ३६ वर्षीय जनक भण्डारीको ज्यान गएको र मोटरसाइकलको पछाडी बस्ने उहाँकी श्रीमती कल्पना चापागाईं घाइते भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

हिजो बेलुकी सवा ६ बजेतिर लु ५१ प ६६३३ नम्बरको मोटरसाइकललाई ढुङ्गासहितको पहिरोले बगाएको थियो ।

पहिरोले मोटरसाइकल चालक भण्डारीलाई तिनाउ नदी किनारमा पुर्‍याएको थियो । घाइते चापागाईंको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline