बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News म्याग्दीमा पहिराेमा पुरिएर बाबुकाे ज्यान गयाे, छाेरा बेपत्ता

म्याग्दीमा पहिराेमा पुरिएर बाबुकाे ज्यान गयाे, छाेरा बेपत्ता

by sambridhaonline

असार २५,पोखरा – म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ३ लुप्सीपारमा आज दिउँसो पहिरोमा पुरिएर एक जनाको ज्यान गएको छ । पहिराेमा पुरिएर एक जना बेपत्ता भएका छन् ।

लुप्सीपारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको र उहाँका छोरा १३ वर्षका सरोज विक बेपत्ता रहेका म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घर नजिकै घाँस काट्ने क्रममा पहिरो खसेर दुवैलाई पुरेको हो ।

यसैबीच धौलागिरि गाउँपालिका वडा नम्बर ४ बाँसबोटको भीरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी बग्न थालेको छ । अहिले नदीको बहाव सामान्य बनेको र सामान्य जोखिममात्रै रहेको प्रहरी निरिक्षक पौडेलले जानकारी दिनुभयो ।

दिउँसो काउसीबोटको भीरमुनि म्याग्दी नदीमा पहिरो थुप्रिएर थुनिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline