बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पोखराको छोरेपाटन माविका अध्यक्षमाथि कालोमोसो, भ्रष्टाचारको आरोप

पोखराको छोरेपाटन माविका अध्यक्षमाथि कालोमोसो, भ्रष्टाचारको आरोप

by sambridhaonline

असार २७,पोखरा – पोखराको छोरेपाटन माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी माथि भ्रष्टाचारको आरोपमा कालोमोसो दलिएको छ। नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले शुक्रबार अध्यक्षमाथि कालोमोसो दलेका हो।

कालोमोसो दलेपछि अखिल क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालयमा व्यापक अनियमितता, अपारदर्शिता र आर्थिक दुर्व्यवहार भएको आरोप लगाएको छ। ‘गत लामो समयदेखि अध्यक्षको एकल निर्णय, स्रोत साधनको दुरुपयोग, जनप्रतिनिधि र स्थानीय नेताहरूको संरक्षणमा भ्रष्टाचार मौलाउँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

विद्यालयको आर्थिक तथा भौतिक विकासका नाममा आएका रकमको सार्वजनिक विवरण नदिइएको, शिक्षण–अशिक्षण सामग्री खरिद प्रक्रिया अपारदर्शी भएको, अनावश्यक निर्माण कार्यमार्फत रकम लुटिएकोजस्ता गम्भीर आरोपहरु अखिल क्रान्तिकारीले लगाएको छ । यस विषयमा पटक–पटक माग गर्दा पनि कुनै सुनुवाइ नभएको र बाध्य भएर यस्तो प्रतीकात्मक विरोध गरिएको उसको भनाई छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline