बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News निर्मला पन्तको हत्या भएको आज सात वर्ष पुरा ,अपराधी अझै पत्ता लागेन

निर्मला पन्तको हत्या भएको आज सात वर्ष पुरा ,अपराधी अझै पत्ता लागेन

by sambridhaonline

साउन ११,पोखरा – कञ्चनपुरको भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज सात वर्ष पुग्यो, सात वर्ष पुग्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी पन्तको शव भोलिपल्ट साउन ११ गते नजिकैको उखुबारीमा फेला परेको थियो ।

शव परीक्षणबाट बलात्कारपछि हत्या भएको पुष्टि भए पनि अहिलेसम्म पनि घटनामा संलग्न दोषी पत्ता लाग्न सकेको छैन । २०७५ सालमा भएको घटनामा अहिले पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । सरकारले घटनाको अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीका छुट्टाछुट्टै समिति गठन भएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले अझै पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेको बताउनुभयो । अनुसन्धानका क्रममा अहिलेसम्म एक सय २४ जनाको डीएनए परीक्षण गरिएको छ भने छ सय ५५ जनालाई कार्यालयमा बोलाएर सोधपुछ भइसकेको छ ।

सीआईबीबाट १० वटा टोलीले अनुसन्धान गरिसकेको छ । निर्मलाका आमाबुवाले महेन्द्रनगरदेखि काठमाण्डौसम्म धाएका भए पनि न्याय पाउन सकेका छैनन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline