बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा विदेशी मुद्रा साट्न संगठित रूपमा गिरोह नै सक्रिय,विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार

पोखरामा विदेशी मुद्रा साट्न संगठित रूपमा गिरोह नै सक्रिय,विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार

by sambridhaonline

साउन ११,पोखरा – पोखरामा विदेशी मुद्रा साट्न संगठित रूपमा गिरोह नै सक्रिय भएको पाइएको छ । बैंकहरूमार्फत औपचारिक रूपमा विदेशी मुद्रा सटही नगरी अनौपचारिक रूपमा कारोबार हुने गरेको पाइएको हो ।

पर्यटकीय राजधानीसमेत भएकाले पोखरामा अवैध रूपमा मुद्रा सटहीको कारोबार हुने गुनासो बेला/बेला आउने गरेको थियो । प्रहरीले अपरेसन नै चलाएर यस्ता गिरोहका केही व्यक्तिलाई नियन्त्रणमै लिएपछि डलरको रहस्यमय कारोबार पुष्टि भएको हो ।पोखरामा मुद्रा सटही व्यवसायीकै संलग्नतामा अवैध कारोबार हुने गरेको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिनुभयो । अवैध रूपमा मुद्रा सटही गरेको आरोपमा प्रहरीले ७६ लाख रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर- १३ हाटबजारमा र पोखरामा समेत रेस्टुरेन्ट चलाइरहेका ४५ वर्षीय महुमुद्दिम एम अहमद पोखरा-१७ पार्दीबाट पक्राउ परेका छन् भने अन्य २ जना झापा दमक नगरपालिका- ४ घर भई पोखरा-६ बैदाम बस्ने राजकुमार बुढाथोकी र पोखरा-१९ घर भई लेकसाइड बस्ने खेमराज पौडेल छन् ।

बुढाथोकीले पोखरा लेकसाइडमा हिलारी मनी चेन्जरका सञ्चालक हुन् भने पौडेलले सगरमाथा मनी चेन्जर चलाउँछन् । शनिबार पोखरामा अवैध रूपमा विदेशी मुद्रा सटही भइरहेको प्रहरीलाई सूचना पुग्छ । गण्डकी प्रदेश प्रहरी र जिल्लाको संयुक्त टोली खटिन्छ र महुमुद्दिमलाई सटही गरेका नोटसहित पक्राउ गर्छ ।

महुमुद्दिमले नेपाली पैसा जम्मा गर्ने र उनीहरूमार्फत डलर सटही गर्ने गरेका थिए । महुमु्द्दिमबाट फेला परेको नोटका बण्डलमै बाहिर बुढाथोकी र पौडेलको नाम लेखिएको थियो । त्यहीँबाट उनीहरूसम्म पुगेर प्रहरीले अनुसन्धान गर्दा अवैध रूपमा मुद्रा सटही कारोबार गर्ने गरेको खुलेको हो ।

नेपाल राष्ट्र बैंक ऐनको दफा ९५ अनुसार विदेशी विनिमय कारोबार, त्यस्तो कार्यमा संलग्न हुन, प्रचलित कानुनबमोजिम बैंकबाट इजाजतपत्र लिनुपर्नेमा सो नलिई त्यस्तो कारोबार गरेमा कसुर गरेको ठहरिन्छ ।

यस्तो कसुर गरेमा सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणासम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुने ऐनमा व्यवस्था छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline