आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

by sambridhaonline

साउन १७,पोखरा – आज कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागका धेरै ठाउँमा तथा तराई भागका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आजराति कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका धेरै ठाउँमा तथा बाँकी प्रदेशका केही ठाउँमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशमा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

गएराति मधेश प्रदेशसहित देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भयो । रौतहट, सर्लाही, महोत्तरी, सिन्धुली, सिन्धुपाल्चोक, रामेछाप, कैलालीलगायतका ठाउँमा मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मधेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएपनि रोपाइँ गर्न र रोपेको खेतमा सिँचाइ गर्न पुग्ने गरी भने पानी पर्न सकेको छैन ।

महाशाखाका अनुसार अहिले देशभर मनसुनी वायुको प्रभाव छ । मौसमविद् विनु महर्जनका अनुसार अबका एक/दुई दिनमा सुक्खाग्रस्त क्षेत्र मधेश प्रदेशसहित देशभर पानी पर्न सक्ने सम्भावना देखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline