बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लगातार तिन दिन घटेको शेयर बजार आज १६ अंक भन्दा धेरैले बढ्यो

लगातार तिन दिन घटेको शेयर बजार आज १६ अंक भन्दा धेरैले बढ्यो

by sambridhaonline

साउन १९,पोखरा – लगातार तेस्रो कारोबार दिन घटेको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ४६ अङ्कले बढेर २ हजार ८ सय ७५ दशमलव ३६ विन्दुमा पुगेकाे छ ।

आज विकास बैंक, फाइनान्स, होटल, उत्पादन, निर्जीवन बीमा र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर साढे २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर झन्डै ७ प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन ट्रेड टावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो १३ अर्ब ७ करोडको कारोबार भएकोमा आज ३ सय २५ वटा कम्पनीका २ करोड ७१ लाख कित्ता शेयर १० अर्ब ८२ करोड रुपैयाँमा किनबेच भएको छ । गएको सोमवारयता कारोबार रकम घटिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline