आइतवार, बैशाख २०, २०८३
Sunday, May 3, 2026
Home Featured News म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द : खुलाउने प्रयास चल्दै

म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द : खुलाउने प्रयास चल्दै

by sambridhaonline

साउन २५,पोखरा – म्याग्दी र बागलुङमा पहिरोले सडक बन्द भएको छ । म्याग्दीको बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको हो । आज बिहान सडकमाथिबाट ढुङ्गामाटोसहितको लेदो पहिरो खसेर बाटो पूर्ण रूपमा अवरुद्ध भएको म्याग्दी प्रहरीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाको बैसरीमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध छ । अबरुद्ध सडक खुलाउन प्रयास भइरहेको तर पहरोबाट लगातार ढुङ्कामाटोसहितको लेदो खसिरहेकाले समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै बागलुङमा कालीगण्डकी करिडोर सडकखण्ड अवरुद्ध छ । बागलुङ नगरपालिकाको कालाखोलामा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएराति कालीगण्डकी करिडोरमा ढुङ्गासहित पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्मा सिलवालले जानकारी दिनुभयो । बन्द सडक खुलाउने प्रयास भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline