शुक्रबार, बैशाख १८, २०८३
Friday, May 1, 2026
Home Featured News देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

देशभर मनसुन सक्रिय : सातै प्रदेशका थोरै ठाउँमा आज ठूलो पानी पर्ने सम्भावना

by sambridhaonline

साउन २८,पोखरा – आज सात वटै प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा तराई आसपास रहेकाले देशभर मनसुन सक्रिय छ । अहिले पनि कोशी, मधेश, बागमती प्रदेशको थोरै ठाउँमा तथा बाँकी प्रदेशको एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार मधेश प्रदेशसहित कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा ठूलो पानी पर्ने र एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

गएराति झापा, उदयपुर, बाँके, डोटीलगायतका जिल्लामा ठूलो पानी परेको थियो । महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार आउँदो २४ घण्टामा कतै कतै अति ठूलो पानी पर्ने तर त्यो थोरै अवधि पर्ने सम्भावना छ ।

आज राति गण्डकी र कर्णाली प्रदेशका पहाडी भाग, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका धेरै ठाउँमा र बाँकी प्रदेशको पहाडी र तराई भागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भागको थोरै ठाउँमा ठूलोदेखि अति ठूलो तथा लुम्बिनी प्रदेशको तराईको भागको थोरै ठाउँ, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भागको एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

त्यस्तै नदी किनार, डुबान हुने क्षेत्र र पहिरो जान सक्ने सम्भावित ठाउँमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । भोलि र पर्सि आजको तुलनामा कम पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline