बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News पर्वतको महाशिलामा रहेको फलामखानी उत्खनन गर्न स्थानीयको माग

पर्वतको महाशिलामा रहेको फलामखानी उत्खनन गर्न स्थानीयको माग

by sambridhaonline

भदौ ३,पोखरा – महाशिला गाउँपालिका ६ मा रहेको सम्भावित फलामखानी उत्खनन गर्न स्थानीयवासीले पुनःमाग गरेका छन् । गएको चार वर्षअघि पनि खानी तथा भूगर्भ विभागको टोलीले खानीको उत्खनन गर्न प्रक्रिया शुरु गरेको भए पनि अध्ययन, अनुसन्धान मात्र गरेर फर्किएको थियो ।

भूगर्भविद्हरूले इआरटी (इलेक्ट्रिकल रेसिस्टीभिटी टेक्नोलोजी)का माध्यमबाट अध्ययन गर्दा प्रशस्त फलाम रहेको प्रमाण भेटिएको जनाइएको थियो । दुई किलोमिटर लम्बाइमा खानी फैलिएको अनुमान छ । तर स्थानीयले पटकपटक फलामखानीको उत्खनन माग गर्दा पनि कतैबाट तदारुकता नदेखाएपछि निरास बनेका छन् ।

कहिले केन्द्र सरकार त कहिले प्रदेश सरकारसँग उत्खननको माग गरे पनि नीति तथा कार्यक्रममा चर्चा हुने तर बजेट विनियोजन नहुने समस्या भएकोे महाशिला ६ का वडाध्यक्ष गोविन्दबहादुर विकले बताउनुभयो ।

धुवाँकोटे फलामले चिनिएको खानी सञ्चालनका लागि खानी तथा भूगर्भ विभाग र लुम्बिनीको नेपाल पर्वत खनिज उद्योगबीच २०६७ पुस ८ गते सम्झौता पनि भएको थियो । तर कम्पनीले लामो समय चासो नदेखाएपछि विभाग आएर अध्ययन गरे पनि अन्य प्रक्रिया भने शुरु नभएको उहाँले जानकारी दिनुभयो ।

फलामखानी सदरमुकाम कुश्मा बजारबाट झन्डै ३५ किलोमिटरको दूरीमा रहेको छ । फलामखानी उत्खनन् भए देशकै आर्थिक अवस्था सुधारमा फाइदा पुग्नुका साथै सयौँ युवायुवतीले रोजगारीको अवसर पाउने स्थानीयको बुझाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline