बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News भारत उत्तराखण्डको चमोलीमा ‘आरीघोप्टे वर्षा’

भारत उत्तराखण्डको चमोलीमा ‘आरीघोप्टे वर्षा’

by sambridhaonline

भदौ ०७ – भारत उत्तराखण्डको चमोलीमा आरीघोप्टे वर्षाले जनधनको क्षति गरेको छ । ठूलो पानीपरे पछिको बाढीमा एक महिलाको ज्यान गएको छ । एक जना हराइरहेको आशङ्कामा खोजी भइरहेको छ । केही घरमा क्षति पुगेको बीबीसी हिन्दीले जनाएको छ ।

चमोली प्रहरीका अनुसार ठूलो वर्षाका कारण थरालीलाई जोड्ने कर्णप्रयाग–ग्वालदम राष्ट्रिय राजमार्ग अवरुद्ध भएको छ । बाढीमा फसेका मानिसको सुरक्षाकर्मीले उद्धार गरिरहेका छन् । थराली क्षेत्रमा गएराति आधा घण्टासम्म आरीघोप्टे वर्षा भएको थियो ।

त्यस्तै राजस्थानका ११ जिल्लामा ठूलो पानी पर्न सक्ने चेतावनी जारी गरिएको छ । हिमाञ्चल प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ । यसअघि उत्तराखण्डको उत्तरकाशी जिल्लामा बाढी आउँदा केहिले ज्यान गुमाएका थिए भने एकसय जना भन्दा धेरै मानिसको अवस्था अझै थाहा हुन सकेको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline