बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News वीरगञ्जमा ५ दिनमा ३ सय ९१ जना झाडापखालाका बिरामी अस्पताल भर्ना, ९५ जनामा हैजा पुष्टि

वीरगञ्जमा ५ दिनमा ३ सय ९१ जना झाडापखालाका बिरामी अस्पताल भर्ना, ९५ जनामा हैजा पुष्टि

by sambridhaonline

भदौ १०,पोखरा – पर्साको वीरगञ्ज महानगरपालिकामा गएको शुक्रवारयता झाडापखालाका तीन सय ९१ जना बिरामी अस्पताल भर्ना भएका छन् । उनीहरु मध्ये ९५ जनामा हैजा पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले बिहान ११ बजे सार्वजनिक गरेको विवरण अनुसार एक सय ७१ जना बिरामी उपचारपछि डिस्चार्ज भएका छन् ।

दुई सय २० जनाको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । अस्पतालमा रहेका मध्ये २४ जना आइसीयूमा र छ जना एचडीसीयूमा उपचाररत रहेका जिल्ला जनस्वास्थ्य कार्यालय पर्सका प्रमुख जयमोद ठाकुरले जानकारी दिनुभयो ।

वीरगञ्जमा समुदायस्तरमै हैजा फैलिएर महामारीको रूप लिएपछि महानगरपालिकासहित प्रदेश र संघस्य सरकारको तर्फबाट उपचारसँगै रोकथामको प्रयास भइरहेको छ । हिजो स्वास्थ्यमन्त्रि प्रदिप पौडेल वीरगञ्ज पुगेर अवस्थाबारे जानकारी लिँदै झाडापखालाका सबै विरामीको निशुल्क उपचार गराउन निर्देशन दिनुभयो ।

प्रदेश सरकारले पनि डाक्टरसहितको टोली खटाएको छ । महानगरपालिकाले बिरामी खोज्नेदेखी सरसफाइ र सचेतनामुलक कार्यक्रम गरिरहेको छ । पाँच दिनदेखि हैजा फैलिरहेको भए पनि त्यसको स्रोतबारे अझै एकिन भएको छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline