आइतवार, बैशाख ६, २०८३
Sunday, April 19, 2026
Home Featured News स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ

स्याङ्जामा लागूऔषधसहित दुई युवक पक्राउ

by sambridhaonline

भदौ १३,पोखरा – स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले लागूऔषधसहित दुईजना युवाहरूलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीका अनुसार भदौ १३ गते शुक्रबार दिउँसो वडा प्रहरी कार्यालय वालिङ र अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको लु १ ख ८४५२ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा लागूऔषध फेला परेको हो ।

नियन्त्रणमा परेकामध्ये कास्की पोखरा महानगरपालिका –३२ लेखनाथ बस्ने २४ वर्षीय अजय परियार र ३० वर्षीय अमृत थापा रहेका छन् । उनीहरूको साथबाट डाईजेपाम ३४ एम्पुल, नुफिन ३४ एम्पुल र फेनेरागन ३४ एम्पुल गरी जम्मा १०२ एम्पुल नियन्त्रित लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline