भदौ १५,पोखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेटको आर्थिक वर्ष २०८१÷८२ को प्रगति समिक्षा तथा रणनीति तर्जुमा गोष्ठी शनिवार पोखरामा शुभारम्भ भएको छ । गोष्ठीमा संस्थाका ५६ वटा शाखाका शाखा प्रवन्धक लगायत केन्द्रीय कार्यालयमा कार्यरत प्रमुख कार्यकारी अधिकृत तथा व्यवस्थापकीय कर्मचारीहरु गरी ६५ जनाको सहभागिता रहेको छ ।उक्त तीन दिने गोष्ठीको वित्तीय संस्थाका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाईले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भयो ।
शुभारम्भ कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै संस्थापक अध्यक्ष प्रसाईले जव देशमा द्वन्द थियो । गरिवी थियो । राज्यको उपस्थिती गाँउगाँउमा थिएन, त्यस्तो विषम परिस्थितीमा विपन्न परिवारलाई घरदैलोमा वित्तीय सेवा दिई राष्ट्रिय समृद्धीमा योगदान गरेको स्मरण गदै अहिले लघुवित्तको योगदानलाई सवैले भुल्दै गएको वताउनु भयो । दोहोरो सदस्यता, दोहोरो कर्जा लगानी, कर्जाको दुरुपयोग एवम् कर्मचारीहरुको लगनशिलता र प्रतिवद्धतामा कमी आउनुले लघुवित्त उद्योगमा समस्या वढेको भन्दै प्रमुख अतिथि प्रसाईले अव समस्या छ भनेर वस्ने होईन, समाधान गरेर देखाउने वेला आएको वताउनु भयो ।

भाका नाघेको कर्जा उच्च भएको कारण लगानीकर्तालाई लाभांश दिन नसेको भन्दै वर्ष परिस्थितीमा सुधार गरी सवैलाई खुशी दिने उहाँको भनाई रहेको छ । कार्यक्रममा वोल्दै संस्थाका सञ्चालक दुर्गा वहादुर शाहाले सुन्दर नेष्डो समृद्धमा भाका नाघेको उच्च दरको सानो दाग लागेको भन्र्दै यस वर्ष यो दागलाई मेटाई पुरानै प्रतिष्ठा कायम हुनेछ भन्ने विश्वास व्यक्त गर्नु भयो । संस्थाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अशोक कुमार आचार्यले चालु वर्षलाई असुली वर्षको रुपमा मनाउने भन्दै सवैको एउटै भावना वनाई सामुहिक एकताको साथ काम गरेमा लक्ष्य हासिल हुने विश्वास व्यक्त गर्नु भयो ।
नेष्डो समद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष सावित्री खत्री क्षेत्री लामिछानेको अध्यक्षता, सस्थाका वरिष्ठ प्रवन्धक युधिष्ठिर भुषालको स्वागत, शाखा प्रवन्धक सन्जु आलेको संस्थागत प्रतिज्ञा एवम् सहायक अधिकृत इश्वरी प्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्धका स्टेशन म्यानेजर उत्तम प्रसाद अधिकारीले सम्पादन गर्नु भएको समाचारमा जनाइएको छ ।