शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News आज बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

आज बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना

by sambridhaonline

भदौ १६,पोखरा – कञ्चनपुरमा ठूलो पानी परेको छ । पछिल्लो १२ घण्टामा कञ्चनपुरको दोधारामा एक सय ७९ मिलिमिटर पानी परेको छ । कञ्चनपुरको जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेकाले नदी तटीय क्षेत्रमा बस्नेहरुलाई सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

आज बागमती र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा मध्यम वर्षाको सम्भावना छ ।

राति सुदूरपश्चिम प्रदेशका केही ठाउँमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै ठाउँमा र बाँकी तराई भूभागका एक/दुई ठाउँमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । गएराति कञ्चनपुरसँगै कास्की र ताप्लेजुङमा ठूलो पानी परेको छ ।

यस्तै डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायतका ठाउँमा पनि मध्यम वर्षा भएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline