शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

जापानी कारहरूमा कर घटाएर १५ प्रतिशतमा झार्ने आदेशमा ट्रम्पद्वारा हस्ताक्षर

by sambridhaonline

भदौ २० – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कारहरूमा कर घटाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएकाे छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले जापानी कारहरूमा कर २७ दशमलव ५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा झार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसीले जनाएको छ । यो निर्णयले टोयोटा, होन्डा र निसान जस्ता कम्पनीहरूलाई ठूलो राहत दिनेछ ।

यो आदेशले जुलाईमा घोषणा गरिएको गाडी र औषधिसहित अमेरिकामा हुने झन्डै सबै जापानी निर्यातमा १५ प्रतिशत भन्सार लाग्ने सम्झौतालाई औपचारिकता दिने खबरमा उल्लेख छ । धेरै हप्तासम्म चलेको वार्तापछि यो सम्झौता भएको हो ।

ह्वाइट हाउसका अनुसार जापानले अमेरिकामा ५ सय ५० अर्ब डलर लगानी गर्न र बिस्तारै अमेरिकी सामानका लागि आफ्नो बजार खोल्न पनि सहमति जनाएको छ ।

कार्यकारी आदेशमा हस्ताक्षर भएपछि शुक्रवार टोकियोमा जापानी कार निर्माता र पार्टपुर्जा आपूर्तिकर्ताहरूको शेयर बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline