सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News बचेका संरचनाबाट असोज १ देखि सेवा सुरू गर्दै पोखरा महानगरपालिका

बचेका संरचनाबाट असोज १ देखि सेवा सुरू गर्दै पोखरा महानगरपालिका

by sambridhaonline

भदौ २८,पोखरा – पोखरा महानगरपालिकाले जेन जीको प्रदर्शनका क्रममा भदौ २४ गते भएको तोडफोड र आगजनीपछि क्षति नभएका संरचनाबाट असोज १ गतेदेखि सेवा पुनः सुरू गर्ने निर्णय गरेको छ । शनिबार बसेको महानगर कार्यपालिकाको भर्चुअल बैठकले तत्काल आवश्यक सेवाहरू हस्तलिखित रूपमा भए पनि सञ्चालन गर्ने निर्णय गरेको हो ।

महानगरका प्रवक्ता मोति तिम्सिनाका अनुसार उनका अनुसार असोज गतेदेखि महानगर मातहतका स्वास्थ्य संस्था र सुरक्षित रहेका वडा कार्यालयहरूबाट अत्यावश्यक सेवा सुरू गरिनेछ । महानगरको प्रमुख प्रशासकीय अधिकृतको कक्ष पनि तत्काल निर्माण गरिने निर्णय भएको उहाले बताउनुभयो ।

जनतालाई तात्कालिक रूपमा आवश्यक पर्ने सेवा नरोकिने र महानगर र वडा कार्यालयहरुमा भएको क्षति प्रहरीको मुचुल्कासहित संकलन गर्ने निर्णय समेत भएको उहाले बताउनुभयो । यससँगै महानगरभित्रका विद्यालयहरू असोज १ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ । अन्य सामान्य सेवाहरु पनि सकेसम्म असोज १ बाटै नै प्रवाह गर्नका लागि प्रयास भइरहेको उहाको भनाइ थियो ।

भदौ २४ गते प्रदर्शनकारीले महानगर कार्यालय, वडा कार्यालय र सेवा केन्द्रमा आगजनी र तोडफोड गरेका थिए । ध्वस्त संरचना पुनर्निर्माणका लागि भने संघीय सरकारको निर्णय पर्खिनुपर्ने प्रवक्ता तिम्सिनाले बताउनुभयो । भर्चुअल बैठकमा मेयर धनराज आचार्य, उपमेयर मञ्जुदेवी गुरुङ, अधिकांश कार्यपालिका सदस्य र महाशाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनअघि कास्केली समाजको सम्मेलनमा भाग लिन दुबई पुगेका मेयर आचार्य हाल दिल्लीमा रहेका र त्यहीँबाट बैठक सञ्चालन गरेको बताइएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline