सोमवार, बैशाख २१, २०८३
Monday, May 4, 2026
Home Featured News ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

by sambridhaonline

भदौ ३१,पोखरा – ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाहरूकाे राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ ।

सामूहिक शवयात्रापछि उनीहरूकाे अन्त्येष्टि गरिएकाे हाे । शिक्षण अस्पताल महाराजगञ्जबाट १० जनाको सामूहिक शवयात्रा निकालिएको हो । ६ जनाको शव काठमाण्डौ बाहिर लगिएको छ भने ४ जनाको पशुपतिमा अन्त्येष्टि गरिएकाे हाे ।

शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ, गृह तथा कानूनमन्त्री ओमप्रकाश अर्याललगायत पनि सहभागी हुनुभएको थियाे । मन्त्रीहरू घिसिङ र अर्यालले मृतककाे पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गर्नुभयो । यस्तै सशस्त्र प्रहरी बलले मृतकप्रति सलामी अर्पण गरेकाे थियाे ।

गएको भदाै २३ र २४ गते भएको आन्दोलनमा ज्यान गुमाएकाहरूको पोस्टमार्टमपछि आज परिवारलाई जिम्मा लगाइएकाे हाे । कतिपयको यसअघि नै अन्त्येष्टि भइसकेको छ ।

सरकारले भोलि शोक बिदा दिएको छ । मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख रुपैयाँ दिने सरकारले निर्णय गरिसकेको छ । भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध युवाहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दा ज्यान गुमाउनेको सङ्ख्या ७२ जना पुगेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline