बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News तेस्रो पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो

तेस्रो पटक नकारात्मक सर्किट लागेपछि आजको शेयर कारोबार रोकियो

by sambridhaonline

असोज २,पोखरा- तेस्रो पटक नकारात्मक सर्किट लागेसँगै आजको शेयर कारोबार रोकिएको छ । गएको भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनपछि खुलेको पहिलो कारोबार दिन शेयर बजारमा तेस्रो पटक नकरात्मक सर्किट लागेको हो ।

सेयर बजार खुलेको तीन मिनेट नबित्दै चार प्रतिशतले घटेर सर्किट ब्रेक लागेको थियो । २० मिनेट बजार बन्द भएर खुलेको एक मिनेट मै बजार थप एक प्रतिशतले घट्यो । यो अवधिमा कुल पाँच प्रतिशतले घटेपछि बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । ४० मिनेट रोकिएर खुलेको शेयर बजार थप एक प्रतिशत घटेर कुल ६ प्रतिशतको गिरावटपछि सर्किट लागेर आजको कारोबार नै रोकिएको छ ।

दोस्रो सर्किटबाट खुलेको शेयर बजार तीन घण्टा भित्रमा ६ प्रतिशतले घटबढ भएमा दिनभरको लागि कारोबार स्थगन हुने नियम छ । आज शेयर बजार एक सय ६० दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ११.९१ विन्दुमा झरेको छ ।

आज ७२ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । आज ११ वटा कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लाग्यो । यस्तै २१ वटा कम्पनीको शेयर नौ प्रतिशत भन्दा धेरैले घटेको छ । आज व्यापार समूह नै नौ प्रतिशत भन्दा धेरैले घट्यो । होटल, लगानी र अन्य समूहमा पनि सात प्रतिशत भन्दा धेरैको गिरावट आएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline