बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News ढुङ्गा खस्ने क्रम रोकिएन, मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या,वैकल्पिक सडक प्रयोग गर्न आग्रह

ढुङ्गा खस्ने क्रम रोकिएन, मुग्लिन–नारायणगढ सडक खुलाउन समस्या,वैकल्पिक सडक प्रयोग गर्न आग्रह

by sambridhaonline

अशोज ४,पोखरा – पहिरोका कारण मुग्लिन–नारायणगढ सडक दुईतर्फी नै बन्द छ । हिजो बेलुका सवा सात बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ मा पर्ने तुइन खोलामा खसेको पहिरोले सडक अवरुद्ध भएको हो । सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन ।

पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा रहेको तर सुरक्षालाई ध्यानमा राखेर तत्काल खटाउन नसकेको सडक डिभिजन कार्यालय भरतपुर चितवनले जनाएको छ । सुरक्षा जोखिमका कारण गएराति पनि काम हुन सकेको थिएन । मुग्लिन प्रहरीका अनुसार सडक खुलाउन चार/पाँच घण्टा नै लाग्ने अनुमान छ ।

रातभर सडक अवरुद्ध हुँदा गन्तव्यमा हिँडेका यात्रु बीचबाटोमै अलपत्र परेका छन् । सकेसम्म गाडी र यात्रुलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको छ । विकल्पमा हेटौँडा र सिद्धार्थ राजमार्गको प्रयोग गर्न सकिने सडक डिभिजन कार्यालय भरतपुरका ईन्जिनियर कृष्णप्रसाद आचार्यले बताउनुभएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline