शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

स्याङ्जामा ट्याक्सी चालक सिटमुनिबाट ठूलो परिमाणको लागूऔषध बरामद, दुई युवा नियन्त्रणमा

by sambridhaonline

११ असाेज , पोखरा – स्याङ्जामा प्रहरीले चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ । लागूऔषध ओसारपसारमा संलग्न दुईजना युवाहरूलाई प्रहरीले नियन्त्रणमा समेत लिएको छ ।

बिहीबार साँझ करिब ६:३० बजे जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको विशेष टोलीले पुतलीबजार नगरपालिका –१ शहिचोकस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरा जाँदै गरेको ग १ ज ४६८५ नम्बरको ट्याक्सी जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध भेट्टाएको हो ।

उक्त ट्याक्सी चालक तनहुँ व्यास नगरपालिका –५ बस्ने ३२ वर्षीय अशोक बाँचे मगर र सवारीमा सवार कास्की पोखरा महानगरपालिका –२३ पामे बस्ने २७ वर्षीय नबिन परियार संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

उनीहरूले चालक सिटमुनि लुकाएर ल्याएको अवस्थामा फेनेरागन ९० एम्पुल, डाइजेपाम ९० एम्पुल र बुप्रेनर्फिन ९० एम्पुल नियन्त्रित लागूऔषध फेला परेको प्रहरीले भनाइ छ ।

नियन्त्रित औषधसहित दुवै जनालाई नियन्त्रणमा लिइएको र आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline