बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरा महानगरपालिका, वडा नं. १५ स्थित अन्नपुर्ण उपभोक्ता सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न

पोखरा महानगरपालिका, वडा नं. १५ स्थित अन्नपुर्ण उपभोक्ता सहकारी संस्थाको ११औं वार्षिक साधारण सभा सम्पन्न

सहकारी संस्थाले संस्थागत शुसासन कायम गर्दै शेयर सदस्यलाई लाभांश वितरण गर्न सक्षम भएकोमा प्रमुख अतिथि प्रसाईद्वारा प्रशंसा

by sambridhaonline

असोज ११,पोखरा – पोखरा स्थित अन्नपुर्ण उपभोक्ता शहकारी संस्था लिमिटेडको एघारौं वार्षिक साधारण सभा पोखरा वडा नं. १५ तल्लो नयाँगाउँ टोल विकास संस्थाको सभाहलमा शनिवार सम्पन्न भएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालका संस्थापक अध्यक्ष, सामाजिक अभियन्ता विश्व प्रकाश प्रसाईले पानसमा दिप प्रज्वलन गरी सो साधारण सभाको समूदघाटन गर्नु भएको थियो ।

साधारण सभामा प्रमुख अतिथिको आसनवाट वोल्दै प्रसाईले शहकारी संस्थाले वर्तमान अवस्थामा पनि ८ प्रतिशत लाभांश दिन सक्षम रहेकोमा वधाई दिंदै शुसासित रुपमा संस्था सञ्चालन गरी शेयरधनिलाई प्रतिफल दिन सक्षम हुनु सह्रानीय रहेको वताउनु भयो । संस्थालाई सफल रुपमा सञ्चालन गर्न अध्यक्ष देखि समिति, उपसमिति र कर्मचारीको उल्लेख्य भुमिका रहने भन्दै अन्नपुर्ण उपभोक्ता संस्था पोखराभरकै उदाहरणीय संस्था मध्ये एक रहेको उहाँको भनाई थियो । विगतमा सहकारी संस्थाको नेतृत्वले नियमसंवत काम नगरेको कारण सयौं सहकारी सञ्चालकहरु कानूनी दायरामा गएको भन्दै संस्थाले आफ्नो प्रतिष्ठालाई भविस्य निरन्तरता दिने तर्फ ध्यान दिनुपर्ने उहाँको भनाई थियो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि प्रसाईले संस्था भित्र कुनै राजनीतिक, धार्मिक तथा अन्य कुनै पनि विभेद हुनु नहुने भन्दै आगमी दिनमा चुनाव चिन्ह हेरेर होईन, उम्मेदवारको व्यक्तित्व र इमान्दारीता हेरेर मतदान गर्नुपर्ने वताउनु भयो । विजया दशमी तथा शुभ दिपावलीको शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि प्रसाईले दशैं तिहार हिन्दुहरुको महान पर्व भएता पनि यस अवसरमा प्रदान गरिने शुभकामना जुनसुकै धर्मालम्वीहरुको लागि भएको वताउनु भयो ।

कार्यक्रममा वोल्दै लेखा परीक्षक विष्णु वरालले आँफूले गहिरीएर संस्थाको हिसाव जाँच गरेको तर कहिंकतैवाट पनि संस्थालाई हानिनोक्सानी हुने काम नभएको वताउनु भयो । सहकारी संस्थाका सदस्य निशा गुरुङ्गले हामीले विश्वास गरेर लगानी गरेका संस्थाले हाम्रो विश्वास वमोजिम उत्कृष्ठ कार्य गरेको वताउनु भयो ।

कार्यक्रममा संस्थाका अध्यक्ष क्याप्टेन नरेश थापाले संस्थाको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रगति तथा चालु आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रम, कोषाध्यक्ष क्याप्टेन ठाकुर वहादुर थापा मगरले संस्थाको आर्थिक प्रतिवेदन र शहकारी पसलका संयोजक क्याप्टेन प्रेम वहादुर थापा मगरले सहकारी पसलको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारण सभाले पदाधिकारीवाट प्रस्तुत प्रतिवेदनहरुलाई सर्वसम्मतीले पारित गर्नुका साथै चालु आर्थिक वर्षको लेखा परीक्षण नियुक्ती र पारिश्रमिक निर्धारण, कर्मचारीको सेवा सुविधा पुनरालोकन, वचत तथा कर्जाको व्याजदर पुनरवलोकनको साथै घरभाडाको पुनरावलोकन गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

कार्यक्रममा उत्कृष्ठ शेयर पदाधिकारी, उत्कृष्ठ शेयर सदस्य, उत्कृष्ठ कर्मचारी, उत्कृष्ठ ग्राहकलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेष्ठ सदस्यलाई सम्मान गरिएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष क्या. नरेश थापाको अध्यक्षता, उपाध्यक्ष विमला गुरुङ्गको स्वागत एवम् निर्वमान सचिव महेश कुमार थापाको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी सुस्मा प्रसाईले सम्प्रेषण गर्नुभएको समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline