बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News आज नवरात्र षष्ठी तिथि,आज देवी कात्यायनीको पूजाआराधना गरीदैँ

आज नवरात्र षष्ठी तिथि,आज देवी कात्यायनीको पूजाआराधना गरीदैँ

by sambridhaonline

असोज १२,पोखरा – बडादशैँ अन्रतर्गत आज देवी कात्यायनीको पूजा आराधना गरी मनाईंदैछ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा गरिन्छ ।

नवरात्रको पहिलो दिन गएको सोमवार असोज ६ गते दशैँ घर वा पूजा कोठामा विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो । दोस्रो दिन मङ्गलवार ब्रह्मचारिणी देवी, तेस्रो दिन बुधवार चन्द्रघण्टा, चौथो र पाँचौ दिन कुष्माण्डा देवीको, हिजो स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिएको थियो ।

नवरात्र भनिने दुर्गा आराधनाको पर्व यसवर्ष भने १० रात्र र ११ दिनको हुन पुगेको छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन् । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भीड लाग्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline