शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News युनिटी कप ट्वान्टी – २० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको २- ०अविजित अग्रता

युनिटी कप ट्वान्टी – २० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको २- ०अविजित अग्रता

by sambridhaonline

असोज १४,पोखरा –

नेपालले वेस्टइन्डिजविरुद्धको युनिटी कप ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला २-० को अविजित अग्रतासँगै जितेको छ । नेपालले यूएईको शारजहाँस्थित शारजहाँ क्रिकेट रंगशालामा सोमबार भएको दोस्रो खेलमा वेस्टइन्डिजलाई ९० रनले पराजित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्धशतकमा निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ७३ रन बनाएको थियो । तीन वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरिरहेका आदिल आलमले ४ विकेट लिएपछि जवाफमा आएको वेस्टइन्डिज १७.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रसँग ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्दै शृंखला नै जित्न सफल भएको हो । नेपालले शनिबार भएको पहिलो खेलमा दुईपटकको ट्वान्टी-२० विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको थियो, जुन पूर्ण टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको पहिलो विजय थियो ।

नेपालबाट कुशल भूर्तेल र गुलशन झाले २-२ विकेट लिएपछि नेपालले एक सयम विश्व क्रिकेटमा एकछत्र राज गरेको वेस्टइन्डिजमाथि अविश्वस्नीय जित निकाल्न सफल भएको हो । आदिलले ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए । भूर्तेलले २.१ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ३ विकेट लिए । दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित राजवंशीले १-१ विकेट लिए ।

वेस्टइन्डिजबाट जेसन होल्डरले २ छक्कासहित १५ बलमा २१ रन बनाए । एकिम अगस्टीले २१ बल खेली समान १ चौका र छक्कासहित १७ र अमिर जङ्गोले १४ बलमा समान १ चौका र छक्कासहित १६ रन बनाए । अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।

यसअघि आसिफ र सन्दीपले चौथो विकेटमा ६६ बलमा १ सय रनको साझेदारी गरेपछि नेपालले वेस्टइन्डिजविरुद्ध राम्रो स्कोर बनाउन सफल भयो । ओपनर भूर्तेल २ र कप्तान रोहित पौडेल ३ रनमै आउट भए । कुशल मल्ल ९ बलमा ७ रन बनाई नन स्ट्राइक इन्डमा रनआउट भएपछि आसिफ र सन्दीपको जोडी जमेको थियो ।

आसिफले आठौं र सन्दीपले ट्वान्टी-२० अन्तर्राष्ट्रियमा आफ्नो चौथो अर्धशतक बनाएका हुन् । सन्दीपले ३९ बल खेली ३ चौका र ५ छक्का प्रहार गर्दै ६३ रन बनाए । आसिफ ४७ बल खेली ८ चौका र २ छक्का प्रहार गरी ६८ रनमा अविजित रहे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline