सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News फिलिपिन्समा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो

फिलिपिन्समा शक्तिशाली भूकम्प : ज्यान गुमाउनेको संख्या ६९ जना पुग्यो

by sambridhaonline

असोज १५ –

फिलिपिन्सको केन्द्रवर्ती क्षेत्र सेबु प्रान्तमा गएको ६‍.९ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको संख्या ६९ जना पुगेको छ । त्यहाँको समयानुसार गएराति १० बजे सेबु प्रान्तमा भुकम्प गएको थियो । भूकम्पपछि सार्वजनिक गरिएका तस्बिरहरूमा भत्किएका भवनहरू, चिरा परेको पुल र सडकहरू प्रस्ट देखिएको बीबीसीले जनाएको छ ।

अहिले उद्धारकर्मीहरू भग्नावशेषमुनि जीवित व्यक्तिको खोजीमा जुटिरहेका खबरमा भनिएको छ । सरकारी निकायहरू विद्युत, सञ्चार सेवा पुनःस्थापना गर्न र राहत पु¥याउन सक्रिय छन् । फिलिपिन्स भौगोलिक रूपमा अस्थिर भएकोले प्राकृतिक विपद्हरूका लागि अत्यन्त संवेदनशील देश मानिन्छ ।

यो भूकम्प एक हप्ता अगाडि आएका दुईवटा आँधीबेहरी र अत्यधिक वर्षाका कारण भएको बाढीपछि आएको हो, जसमा पनि दर्जनौं मानिसको ज्यान गएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline