मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

स्याङ्जामा एक हजार बढी प्याकेट पटका बरामद

by sambridhaonline

असोज २५ , पोखरा – स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा प्रहरीले ठूलो परिमाणका पटका बरामद गरेको छ ।

अस्थायी प्रहरी चौकी राम्दीबाट खटिएको टोलीले राति करिब ११ बजे नियमित सवारी चेकजाँचका क्रममा बुटवलबाट वालिङतर्फ आउँदै गरेको बीएए ७७०४ नम्बरको स्कर्पियो जीपमा लुकाइ–छिपाइ ल्याइएका पटका फेला पारेको हो ।

सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीका अनुसार रकेट बम चार प्याकेट, कमाण्डो ग्रीर बम एक प्याकेट, कलर कोटि दुई प्याकेट, ग्राउन्ड चक्कर ११ प्याकेट, मिनि बुलेट ७५ प्याकेट, माइट्टी एटम पाँच प्याकेट, हाइड्रोफोल्ड पचास प्याकेट, शिखा कलर तीस प्याकेट र चोइसा क्र्याकर्स ८ सय ५० प्याकेट पटका बरामद भएका हुन् ।

बरामद भएका बरामद गरिएका पटका स्थानीय जनप्रतिनिधि, पत्रकार तथा भद्रभलाद्मीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

दशैं–तिहारलाई लक्षित गरी यस किसिमका विस्फोटक वस्तुहरूको अवैध ओसारपसार बढ्ने भएकाले प्रहरी सचेत रहँदै कडा निगरानीमा रहेको जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline