बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News सामाेआलाई हराउँदै नेपालले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

सामाेआलाई हराउँदै नेपालले जित्याे टी–२० विश्वकप छनाेटकाे उपाधि

by sambridhaonline

असोज ३१ , पोखरा – सामाेआलाई हराउँदै नेपालले आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटकाे उपाधि जितेकाे छ ।

ओमानकाे अल अमिरात मैदानमा आज भएकाे छनाेटकाे अन्तिम खेलमा नेपालले सामाेआलाई‌ १ सय २४ रनले हरायाे । नेपालले दिएकाे २ सय १२ रनकाे लक्ष्य पछ्याएकाे सामाेआले २० ओभरमा ७ विकेट गुमाएर ८७ रन मात्र बनाउन सक्याे । सामोआका सिन सोनियाले सबैभन्दा धेरै ४० रन बनाए । नेपालका ललित राजवंशीले ३ तथा करण केसी र सन्दीप लामिछानेले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनायो । नेपालका आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफ ६९ र दीपेन्द्र ५३ रन बनाएर आउट भए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफकाे यो व्यक्तिगत सर्वाधिक रन हाे । यसअघि उनले वेस्ट इन्डिजसँगकाे खेलमा ६८ रन बनाएका थिए । यस्तै लाेकेश बमले ३९, कप्तान राेहित पाैडेलले २१ रन बनाए । सामाेआका ४ जना बलरले १/१ विकेट लिए ।

नेपालले अपराजित रहँदै उपाधि जितेकाे हाे । सुपर–सिक्समा नेपाल ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा रह्याे । यस्तै ओमान ५ खेलमा ८ अङ्कसहित दोस्रो स्थानमा रह्याे । यूएई ५ खेलमा ६ अङ्कसहित तेस्राे स्थानमा रह्याे ।

नेपाल, ओमान र यूएई सुपर–सिक्समा पुगेका छन् । कतार, जापान र सामोआ भने अगाडि बढ्न सकेनन् । योसँगै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्ने सबै टोलीको टुङ्गो लागेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline