शनिबार, बैशाख ५, २०८३
Saturday, April 18, 2026
Home Featured News कास्की कारागारबाट फरार एक कैदी आफ्नै घरमा मृत भेटिए

कास्की कारागारबाट फरार एक कैदी आफ्नै घरमा मृत भेटिए

by sambridhaonline

पोखरा – जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका एक कैदीबन्दी मृत भेटिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर २६ बरालडाँडाका ५५ वषीय देवबहादुर विश्वकर्माले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

श्रीमतीको हत्या गरी २५ वर्ष कैद सजाय तोकिएका विकले ४ वर्षमात्रै कैद भुक्तान गरेका थिए । जेनजी आन्दोलनका क्रममा कास्की कागागारबाट सबै कैदीबन्दी भागेका थिए ।

कान्छी श्रीमतीको हत्या गरी कैद सजाय भोगिरहेका विक आइतबार साँझ घरमै मृत भेटिका हुन् ।उनको जेठी श्रीमती र छोराछोरी भए पनि घरमा नभएको छिमेकीले जनाएका छन् ।

आफ्नै एक तले घरमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा विकको शव फेला पारिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

कास्की कारागारबाट फरार भएका २ सय २३ जना कैदीबन्दी अझै फर्किएका छैनन् । उनीहरूलाई प्रहरीले कारागार फर्किन आग्रह गर्दै खोजी कार्यसमेत गरिरहेको छ । तर, आजीवन जेलसजाय तोकिएकासहित जघन्य अपराधका कैदीसमेत फरार छन् ।

विकले कारागार फर्किनुको साटो आत्महत्या रोजेका छन्, यो घटनाले पनि फरार कैदीबन्दीको मानसिकता र समाजमा ब्याप्त त्रासको संकेत गर्ने प्रहरीको भनाइ छ ।

कारागारबाट फरार कैदीबन्दी समाजमा देखा परे प्रहरीलाई खबर गर्न आग्रह गरिएको डिएसपी बस्नेतले बताए ।

कास्की कारागारमा रहेका १७ जनाविदेशीमध्ये ३ जनामात्रै फर्किएका छन् भने १ जना काठमाडौंमा पक्राउ परेका छन् । बाँकी १३ जना अझै फरार छन् ।

१ जना कर्तव्य ज्यानमा आजिवन सजाय भुक्तान गरिएका कैदी पनि फर्किएका छन् भने अर्का एक जना फरार रहेको कास्की कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । कर्तव्य ज्यान मुद्दाका आठ जना कैदीबन्दी थिए ।

सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् ।

चोरी मुद्दाका २५, ज्यान मार्ने उद्योगका ९, अभद्र व्यवहारका ४, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका १/१ जना रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline