बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हरायो

हङकङ सिक्सेसअन्तर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हरायो

by sambridhaonline

कार्तिक २२,पोखरा – हङकङमा चलिरहेको हङकङ सिक्सेसअनतर्गत बाउलमा नेपालले भारतलाई ९२ रनले हराएको छ । नेपालले दिएको एक सय ३८ रनको लक्ष्य पछ्याएको भारत ४५ रनमा अलआउट भयो ।

भारतका भरत चीप्ली र प्रियङ्क पञ्चलले समान १२ रन बनाए । नेपालका राशिद खानले तीन, बसिर अहमदले दुई र रुपेश सिंहले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले कुनै पनि विकेट नगुमाइ एक सय ३७ रन बनायो । नेपालका रासिद खानले ५५, सन्दीप जोराले ४७ र लोकश बमले अविजित ३१ रन बनाए । त्यसअघि बिहान भएको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेट पराजित भयो ।

नेपाल समूह चरणको पहिलो खेलमा अफगानिस्तानसँग र दोस्रो खेलमा दक्षिण अफ्रिकासँग पराजित भएर समूह चरण पार गर्न नसक्दा बाउल लिगमा आएको थियो । आजै भएको बाउल लिगको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भयो । प्रतियोगितामा १२ टोलीको सहभागिता छ । हङकङ सिक्सेस हिजोदेखि शुरु भएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline