बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News (एनपीएल) मा आज पनि दुई खेल हुँदै

(एनपीएल) मा आज पनि दुई खेल हुँदै

पहिलो खेल चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच, दोस्रो खेल विराटनगर र कर्णाली याक्सबीच हुने

by sambridhaonline

मंसिर १२,पोखरा – नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा पहिलो खेल बिहान पौने १२ बजे चितवन राइनोज र काठमाण्डु गोर्खाजबीच हुनेछ । दोस्रो खेल दिउँसो ४ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाण्डुले आज सिजनको पाँचौं खेल खेल्दैछ भने कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजको आजको खेल चौथो हो । दुवै टोलीले अहिलेसम्म दुई–दुई खेल जितेका छन् । अंक तालिकामा पाँचौं स्थानमा रहेको कर्णाली याक्सले अहिलेसम्म तीन खेल खेल्दा एक खेलमा मात्र जित निकालेको छ ।

कर्णाली २ अंकसँगै तालिकाको पाँचौं स्थानमा छ । चितवन र काठमाण्डुबीचको आजको खेलको विजेताले प्लेअफको सम्भावना बलियो बनाउनेछ । दुवै टोलीको ४–४ अंक छ । यस सिजनमा काठमाण्डौको रनरेट केही कमजोर देखिएको छ ।

आजै हुने दोस्रो खेलमा सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर फेरि जितको लयमा फर्किने रणनीतिमा छ । लगातार तीन खेलमा जित निकालिसकेको विराटनगर यसअघि अस्ति बुधवार चितवनसँग पराजित भयो ।

यस्तै सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीले पहिलो खेलमा जित निकाल्दै उत्साहजनक शुरूवात गरेको थियो । तर त्यसपछि लगातार दुई खेल पराजित भयो । आजको खेलमा कर्णाली जित हासिल निकाल्ने उद्देश्य सहित मैदानमा उत्रदैछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline