बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर खराब श्रेणीमा

भारतको राजधानी दिल्लीमा हावाको गुणस्तर खराब श्रेणीमा

by sambridhaonline

मंसिर १७,पाेखरा – भारतको राजधानी दिल्लीमा आज बिहान वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बिहान ७ बजे दिल्लीको समग्र एअर क्वालिटी इन्डेक्स (एक्यूआई) ३ सय ७६ मापन गरिएको छ, यो ‘निकै खराब’ श्रेणीमा पर्छ ।

सीपीसीबीका तथ्यांकअनुसार दिल्लीका धेरै मापन केन्द्रहरूमा प्रदूषण स्तर निकै बढेको छ । धेरै ठाउँहरूमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ । झन्डै सबै प्रमुख ठाउँहरूमा वायु गुणस्तर ‘गम्भीर’ श्रेणीमा दर्ता भएको बीबीसी हिन्दीले जनाएको छ । आनन्द विहारमा एक्यूआई ४ सय ५, अशोक विहारमा ४ सय ३, चाँदनी चोकमा ४ सय ३१ र जहाँगीरपुरीमा ४ सय ६ मापन गरिएको सीपीसीबीले जनाएको छ ।

यसैबीच अहिले पाकिस्तानको लाहोर विश्वकै सबैभन्दा प्रदूषित शहरको एक नम्बरमा छ । अहिले दिल्ली दोस्रो नम्बरमा र बङ्गलादेशको ढाका तेस्रो स्थानमा छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline