बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

स्याङ्जामा अवैध माछा कारोबार नियन्त्रण, एक पसल सिल

by sambridhaonline

मंसिर २१,पोखरा – जिल्लाभर अवैध रूपमा चलिरहेको माछाको कारोबारलाई नियन्त्रण गर्न सुरक्षा निकायले पछिल्लो समय निगरानी थप कडा पारेको छ । यही क्रममा शनिबार स्याङ्जा प्रहरीले वालिङ र पुतलीबजारका दुई स्थानमा अनियमितता भेटेपछि कारबाही अघि बढाएको हो ।

जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय वालिङ र वालिङ नगरपालिका पशु सेवा शाखाको टोलीले पुतलीबजार नगरपालिका –१ स्याङ्जा बजारमा लामो समयदेखि माछा बिक्री गर्दै आएका भारत मोतिहारीका ३३ वर्षीय राम पुकार गुप्ताले बिक्रीका लागि राखेका १८ किलो वसा प्रजातिका माछा जफत गरेको हो । तत्कालै ती माछा नष्ट गरिएको प्रहरी निरीक्षक सागर कार्कीले बताउनुभयो ।

यस्तै, वालिङ नगरपालिका –१० मा कर्णबहादुर सार्कीको घरमा सञ्चालन हुँदै आएको ‘भकुण्डे माछा पसल’ पुगेको टोलीले भारत पश्चिम चम्पारणका डोमा साहले राखेका वैखी र पगाम प्रजातिका माछा मानव सेवनयोग्य देखिन नसक्ने अवस्थामा रहेको ठहर गरेको छ । ती माछाका नमूना परीक्षणका लागि पोखरा पठाइएको र प्रतिवेदन नआएसम्म पसल सिल गरिएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिनुभयो ।

अवैध र अखाद्य सामग्रीको बिक्रीवितरणमा कडाइका साथ कारबाही जारी रहने बताइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline