बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News बस चेकजाँचका क्रममा लागू औषधसहित दुई युवा पक्राउ

बस चेकजाँचका क्रममा लागू औषधसहित दुई युवा पक्राउ

by sambridhaonline

मंसिर २७, पोखरा – स्याङ्जाको गल्याङ नगरपालिका –१ राम्दीस्थित सिद्धार्थ राजमार्गमा चेकजाँचका क्रममा दुई युवा लागू औषधसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–१ का २१ वर्षीय अरूण भन्ने बेद बहादुर परियार र अर्जुनचौपारी –३ का १९ वर्षीय रोशन भन्ने कुमार दमै रहेका छन् ।

उनीहरूको साथबाट नाइट्राजेपाम १६ ट्याब्लेट, स्पास्मो प्रोक्सीभोन प्लस वाकहार्ड्ट २८ क्याप्सुल र ५० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

उनका अनुसार बिहीबार साँझ नियमित सवारीसाधन चेकजाँचका क्रममा बुटवलबाट पोखरा जाँदै गरेको ग २ ख १४४ नम्बरको बसमा सवार यात्रुहरूको झोलाजाँच गर्दा सो लागू औषध फेला पारेको हो ।

पक्राउ परेकाहरूलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई लागू औषध मुद्दामा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline