शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News पोखरा महानगरको स्थापना दिवस आज, ९ जनालाई ‘नवरत्न’ सम्मान

पोखरा महानगरको स्थापना दिवस आज, ९ जनालाई ‘नवरत्न’ सम्मान

by sambridhaonline

पौष २,पोखरा – पोखरा महानगरपालिकाले आज आफ्नो ६७ औँ स्थापना दिवस मनाउँदै छ । यसअघि फागुन २७ गते स्थापना दिवस मनाउँदै आएको महानगरले विक्रम संवत २०१६ साल पुस २ गते पोखरा नगरपालिका स्थापना भएको प्रमाण भेटिएपछि यसै वर्षदेखि आजकै दिनलाई स्थापना दिवसका रूपमा मनाउन लागेको हो ।

अभिलेख अनुसार २०१६ पुस २ गते ५ हजार जनसंख्या रहेको नगरका रूपमा पोखरा नगरपालिका स्थापना भएको पाइएकाले सोही आधारमा आज दिवस मनाउन लागिएको महानगर प्रमुख धनराज आचार्यले बताए । दिवसका अवसरमा आज बिहान पोखराको चिप्लेढुङ्गाबाट बृहत् सांस्कृतिक झाँकी र र्‍यालीसहितको प्रभातफेरि निकालिनेछ । प्रभातफेरि पोखरा सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।

स्थापना दिवसको अवसर पारेर महानगरले विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ९ जना विशिष्ट व्यक्तिलाई ‘पोखरेली नवरत्न’ सम्मान प्रदान गर्नेछ । भाषा, साहित्य, कला, शिक्षा, स्वास्थ्य, कृषि, समाजसेवा, खेलकुद तथा पर्यटन र विज्ञान प्रविधिलगायत क्षेत्रका व्यक्तिहरू सम्मानित हुनेछन् ।

नवरत्न सम्मान पाउनेलाई जनही २ लाख २ हजार २०२ रुपैयाँ नगद, ताम्रपत्र, दोसल्ला र पदकसहित सम्मान गरिने प्रमुख आचार्यले बताए । यस्तै, समारोहमा महानगरमा कार्यरत कर्मचारीमध्येबाट सर्वोत्कृष्ट, उत्कृष्ट र कर्तव्यनिष्ठ गरी ११ जनालाई पुरस्कृत गरिनेछ । महानगरका ३३ वडामध्ये सरसफाइमा उत्कृष्ट हुने ३ वटा वडा र महानगर मातहतका कार्यालयमध्ये उत्कृष्ट कार्यालयलाई पनि सम्मान गर्ने कार्यक्रम छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline