बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News जापानमा ब्याजदर ३० वर्ष यताकै उच्च बिन्दुमा

जापानमा ब्याजदर ३० वर्ष यताकै उच्च बिन्दुमा

by sambridhaonline

पौष ५ – जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो ।

यो वृद्धि जनवरीयताको पहिलो रहेको चिनीयाँ समाचारसंस्था सिन्हले जनाएको छ । प्रधानमन्त्री सानाइ ताकाइचीको प्रशासन अन्तर्गत पनि पहिलो हो । जो आक्रामक राजकोषीय नीति र मौद्रिक सहजताका पक्षधर हुन् ।

यो कदम केन्द्रीय बैंकको मौद्रिक सामान्यीकरणतर्फको पछिल्लो प्रयासको हिस्सा हो । जसअन्तर्गत बीओजेले सन् २०२४ मार्चमा नकारात्मक ब्याजदर नीति समाप्त गरेको थियो । केन्द्रीय बैंकले सन् २०२४ जुलाई र जनवरीमा पनि नीति ब्याजदर बढाएको थियो ।

ताकाइची सत्तामा आएयता जापानको राजकोषीय स्वास्थ्य थप बिग्रने चिन्ताका कारण येन मुद्रा तिब्र रूपमा अवमूल्यन भएको छ । जसले मुद्रा र सरकारी ऋणपत्रहरूको विक्रीलाई प्रोत्साहन गरेको छ । जापानमा निरन्तर मुद्रास्फीति र नकारात्मक वास्तविक ब्याजदर कायम रहेकाले थप ब्याजदर वृद्धिको बजार अपेक्षा बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline