सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ

सिन्धुलीमा एसबीआई बैंकको तीन करोड रुपैयाँ भन्दा धेरै लुटियो : केही रकम र चालकसहित ५ जना पक्राउ

by sambridhaonline

पाैष ३० , पाेखरा – सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ बस्तीपुरमा रहेको एसबीआई बैंकको शाखाबाट तीन करोड १० लाख ९५ हजार रुपैयाँ बराबरको रकम लुटपाट भएको छ ।

हिजो बेलुका चार–पाँच जनाको संख्यामा रहेको समूहले बैंकका सुरक्षागार्डलाई नियन्त्रणमा लिएर रकम लुटपाट गरेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रोक्नेक्रममा सुरक्षागार्ड रुद्र कार्की घाइते हुनुभएको छ ।

लुटपाटमा संलग्नमध्ये गाडी, त्यसका चालकसहित ५ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार लुटिएको रकम मध्ये झन्डै एक करोड ८० लाख रुपैयाँ पनि फेला परेको छ ।

अरु रकम तथा बैंक लुटपाटमा संलग्नबारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline