बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News बाग्लुंगबाट १ सय १५ थान अबैध हतियार बरामद

बाग्लुंगबाट १ सय १५ थान अबैध हतियार बरामद

by sambridhaonline

माघ २२ , पोखरा – निर्वाचन नजिक आइरहेको बेला जिल्ला प्रहरी कार्यालय बागलुङले अबैध हतियार बरामद अभियान थालेको छ । पछिल्लो ४० दिनमा प्रहरीले १ सय १५ थान अबैध भरुवा बन्दुक बरामद गरेको हो । चुनावको सुरक्षा तथा अबैध हतियार मुक्त समाज बनाउने अभियान स्वरुप थालिएको अभियानमा इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट ६६ नाल भरुवा बन्दुक, इलाका प्रहरी कार्यालय गलकोटबाट ४५ थान र इलाका प्रहरी कार्यालय बरेङडाँडाबाट ४ वटा हतियार बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

बरामद भएका हतियार ग्रामीण क्षेत्रको जंगल, ओडारलगायतका स्थानमा भेटिएको समेत प्रहरीको भनाइ छ । तर यतिधेरै हतियार बरामद गर्दा प्रहरीले एकजना पनि अभियुक्त भने पक्राउ गरेको छैन । सर्च र अपरेशन अभियान थालेपछि सबै हतियार जंगल छेउछाउ, खोंचहरुमा भेटाएको भन्दै प्रहरी उपरीक्षक भारतीले अझै थप खोजी भैरहेको बताउनुभयो । बरामद भएका अधिकांस घरेलु रुपमा बनाइएका हतियार भएपनि सबैजसो नियमित प्रयोगमा आएको हतियार भएको उहाले बताउनुभयो । बन्दुक बरामद गर्दा त्यसको म्यागेजिन लगायतका खरखजाना भने बरामद भएको छैन ।

बरामद भएका हतियारलाई प्रहरीले सुरक्षित रुपमा जिल्ला प्रहरी कार्यालयमा राखेको छ भने हरेक हतियार प्रयोगकर्ता पक्राउ पर्न सक्ने भएकोले अनुसन्धानको पाटोपनि अगाडि बढाएको पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । निर्वाचन नजिक आइरहेको बेला प्रहरीले बैध हतियार समेत प्रहरीमा बुझाउन सूचना प्रकाशित समेत गरेको छ । उक्त सूचना अनुसार अहिले सम्म १९ थान बन्दुक सम्बन्धीत लाइसेन्स वालाले प्रहरीमा बुझाएका छन् । सो अभियानकै क्रममा अबैध हतियार पनि भेटिएको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline