शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News रामेछापमा बस दुर्घटना : ज्यान गुमाएका १२ मध्ये १० जनाकाे सनाखत

रामेछापमा बस दुर्घटना : ज्यान गुमाएका १२ मध्ये १० जनाकाे सनाखत

by sambridhaonline

माघ २७ , पोखरा – रामेछापकाे सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ मध्ये १० जनाको सनाखत भएको छ ।

ज्यान गुमाउनेहरूमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ का ३८ वर्षीय भीमबहादुर तामाङ, ३५ वर्षीया सानुमाया तामाङ, २६ वर्षीया रमिता तामाङ र ३१ वर्षीया तारा तामाङ, लिखु तामाकोशी–४ की २२ वर्षीया बबी तामाङ र २६ वर्षीय दीपेन्द्र बस्नेत, लिखु तामाकोशी–६ का दीपेश बस्नेत र लिखु–६ की ४५ वर्षीया मानकुमारी बरुवाल, सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का ३४ वर्षीय शिव श्रेष्ठ र दोलखाको भीमेश्वर नगरपालिका–८ का ६० वर्षीय मानबहादुर तामाङ रहेका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिंह धामीले जानकारी दिनुभयो । ज्यान गुमाएका दुई जनाकाे सनाखत हुन बाँकी छ ।

रामेछापका प्रहरी नायब उपरीक्षक भोला भट्टका अनुसार बस दुर्घटनामा चालकसहित आठ जना घाइते भएका छन् । घाइतेहरूको खुर्कोटमा रहेकाे शुभ जीवन अस्पताल, मन्थली अस्पताल र तामाकोशी अस्पतालमा उपचार भइरहेको छ । बसका बाँकी यात्रुको अझै खोजी भइरहेकाे प्रहरीले जनाएको छ ।

काठमाण्डाैबाट ओखलढुङ्गाका लागि छुटेकाे अरनिको यातायातको प्रदेश ०३–०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान मन्थली नगरपालिका–६ मसानटार सडकबाट तल तामाकोशी नदीमा खसेको थियाे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline