बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे, वेस्ट इन्डिज ‘सुपर एट’ मा

लगातार तेस्राे हारसँगै नेपाल समूह चरणबाटै बाहिरियाे, वेस्ट इन्डिज ‘सुपर एट’ मा

by sambridhaonline

फागुन ३ , पोखरा – वेस्ट इन्डिजसँग पराजित भएसँगै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएकाे छ ।

भारतकाे मुम्बईमा रहेकाे वानखेडे स्टेडियममा आज भएकाे खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भयाे । नेपालले दिएकाे १ सय ३४ रनकाे लक्ष्य वेस्ट इन्डिजले १५ ओभर २ बलमा १ विकेट गुमाएर भेटायाे । वेस्ट इन्डिजका कप्तान शाई हाेपले नटआउट ६१, शिमरन हेटमायरले नटआउट ४६ रन बनाए । नेपालका नन्दन यादवले १ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेकाे नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायाे । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट भए । यस्तै साेमपालले नटआउट २६ रन बनाए । विश्वकपमा नेपाली खेलाडीकाे याे पहिलाे अर्धशतक हाे । वेस्ट इन्डिजका जाेसन हाेल्डरले ४ विकेट लिए ।

नेपाल खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गरेका हुन् । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगकाे खेलमा अर्धशतक बनाएका थिए ।

यस्तै याे खेलमा साेमपालले इतिहास रचेका छन् । उनी नेपालका लागि तीन वटा विश्वकप खेल्ने पहिलाे खेलाडी बनेका हुन् ।

लगातार तेस्राे हारसँगै नेपाल टी–२० विश्वकपकाे समूह चरणबाटै बाहिरिने दाेस्राे टाेली बनेकाे छ । नेपाल पहिलाे खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दाेस्राे खेलमा इटालीसँग १० विकेटले पराजित भएकाे थियाे । यसअघि ओमान समूह चरणबाटै बाहिरिएकाे थियाे ।

अब नेपालले समूह चरणकाे अन्तिम खेलमा पर्सि स्कटल्यान्डसँग खेल्नेछ ।

वेस्ट इन्डिज भने लगातार तेस्राे जीतसँगै समूह ‘सी’ बाट ‘सुपर एट’ मा पुगेकाे छ । वेस्ट इन्डिज ‘सुपर एट’ मा पुग्ने पहिलाे टाेली बनेकाे छ ।

टी–२० विश्वकपमा अहिले दिउँसाे सवा ३ बजे अमेरिका र नामिबिया तथा बेलुकी सवा ७ बजे भारत र पाकिस्तान खेल्दैछन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline