बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा सुटकेसभित्र युवतीको शव फेला

पोखरामा सुटकेसभित्र युवतीको शव फेला

by sambridhaonline

फागुन १७ , पोखरा – हत्यापछि सुटकेशमा राखेर पुलमुनी फालेको अवस्थामा एक युवतीको शव फेला परेको छ । पोखरा–१७ तितेपानीको पुलमुनि २२ देखि २५ वर्ष उमेरको जस्तो देखिने युवतीको शव भेटिएको प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईका अनुसार फेवातालबाट जाने खोलामा पानीभित्रै तन्नाले बेरेको अवस्थामा सुटकेश भेटिएको हो । आज बिहान ८ बजेतिर प्रहरीलाई जानकारी आएलगत्तै शंका लागेर हेर्दा युवतीको शव भेटिएको हो ।

शवको सनाखत हुन सकेको छैन । युवती बस्ने कोठा भने भेटिएको छ । कोठामा भेटिएको एउटा मेडिकल कार्डमा एउटा नाम भेटिए पनि त्यो हो, होइन भन्ने यकिन भएको छैन् । शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline