बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान चल्दै

देशभर शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान चल्दै

by sambridhaonline

फागुन २१ , पोखरा – देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा चुनावको मतदान भइरहेको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा चुनावको मतदान भइरहेको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि शुरु भएको मतदान बेलुकी ५ बजेसम्म चल्नेछ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइएको गृह मन्त्रालयले जनाएको छ ।

चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाता छन् । यसैगरी, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएका निर्वाचन आयोगले जनाएको छ ।

चुनावका लागि देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएको छ । १ सय ४३ अस्थायी मतदानस्थल तय भएको छ । चुनावका लागि सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी परिचालन भएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline