बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News मनकामना दर्शन गरी फर्कँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

मनकामना दर्शन गरी फर्कँदै गरेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गयो

by sambridhaonline

चैत १ , पोखरा – गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री बोकेको माइक्रोबस दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् ।

मृतक दुई महिला र पाँच जना पुरुष रहेका छन् । ज्यान गुमाउने सबै भारतीय नागरिक रहेका छन् ।

गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टारमा हिजो बेलुका बागमती प्रदेश ०१–००६ ख ८४३० नम्बरको माइक्रोबस दुर्घटना भएको हो ।

माइक्रोबसमा मनकामना दर्शन गर्न पुगेका १४ जना भारतीय तीर्थयात्री तथा चालक र सहचालक गरी १६ जना रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा घाइते भएका ९ जनाको तनहुँको आँबुखैरेनी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको गोरखा प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एवम् प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline