बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित : पर्यटकीय सिजनमै पोखरामा पर्यटक घटे

मध्यपूर्वको तनावले पर्यटन क्षेत्र प्रभावित : पर्यटकीय सिजनमै पोखरामा पर्यटक घटे

by sambridhaonline

चैत १० , पाेखरा – मध्यपूर्वमा बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित हुँदा पर्यटकीय राजधानी पोखरामा पर्यटक आगमन घट्दै गएको छ ।

मध्यपूर्वमा अमेरिका–इजरायल र इरानबीच तनाव बढ्दै जाँदा दोस्रो मुख्य पर्यटकीय सिजनमै पोखरामा पर्यटक आगमन घट्दै गएको सरोकारवालाले बताएका छन् । खासगरी युरोप र अमेरिकाबाट आउने पर्यटकको मुख्य ट्रान्जिट दुबई, कतार र साउदी अरब क्षेत्र युद्धबाट प्रभावित हुँदा पर्यटक आगमन प्रभावित भएको उनीहरुको भनाइ छ ।

पोखरा आउने पर्यटकहरुले धमाधम होटल, ट्राभल र ट्रेकिङ बुकिङ रद्द गरिरहेको पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराईले बताउनुभयो । उहाँले मध्यपूर्वको तनावका कारण युरोप र अमेरिकाबाट आउने पर्यटकहरु आउन नसकेको बताउनुभयो । भट्टराईका अनुसार युद्ध लम्बिँदा व्यवसायी समेत समस्यामा पर्दै गएका छन् ।

होटल एशोसिएशन पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले अन्नपूर्ण पदयात्राको दोस्रो ठूलो सिजनमा समेत अपेक्षाकृत पर्यटकहरु नआएको बताउनुभयो । उहाँले मध्यपूर्वमा जारी युद्धका कारण विदेशी पर्यटक नेपाल भित्रिन नसकेको बताउनुभयो ।

अमेरिकाले अतिआवश्यक कामबाहेक बाहिर ननिस्कन जारी गरेको एड्भाइजरीका कारण पर्यटक आगमन खस्केको उहाँको भनाइ छ । उहाँले युरोप र अमेरिकाबाहेक भारतीय तथा आन्तरिक पर्यटकको आगमन विगतको जस्तै भएको पनि उल्लेख गर्नुभयो । पर्यटक व्यवसायी नेत्र पौडेलले इजरायल, अमेरिका र इरानबीचको युद्धका कारण पोखरामा पर्यटकीय गतिविधिका लागि हुने अग्रिम बुकिङहरु रद्ध भइरहेको बताउनुभयो ।

कोरोना महामारीपछि विस्तारै लयमा फर्किंदै गएको नेपालको पर्यटन व्यवसाय मध्यपूर्वमा बढ्दो तनावले फेरि प्रभावित हुने देखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline