चैत १३ , पोखरा – नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसाे १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्रीहरू उपस्थित हुनुहुन्थ्यो ।
समारोहमा संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका विशिष्ट श्रेणीका अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका पदाधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।
प्रधानमन्त्रीको शपथ पहिलो पटक वैदिक–सनातन परम्परा भल्किने गरी गरिएको थियो । समारोहमा सात शङ्खबाट शङ्खनादसँगै १०८ जना वटुकले स्वस्ति–शान्ति वाचन र १०८ बौद्ध भिक्षु लामाले शुभ–मङ्गल पाठ गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता शाहलाई हिजाे पार्टीले संसदीय दलका नेतामा सर्वसम्मत चयन गरेको थियो ।
यस्तै
नवनियुक्त मन्त्रीहरूले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । शीतल निवासमा आज आयाेजिक एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १४ जना मन्त्रीलाई शपथ गराउनुभएकाे हाे । शाह नेतृत्वको सरकारमा ५ जना महिला मन्त्री बन्नुभएको छ ।
सुधन गुरुङ – गृह मन्त्रालय
स्वर्णिम वाग्ले – अर्थमन्त्री
शिशिर खनाल – परराष्ट्रमन्त्री
खडगराज (गनेस) पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री
दीपक साह – श्रम तथा रोजगारमन्त्री
सस्मित पाेखरेल – शिक्षा तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री
प्रतिभा रावल – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री,
विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री
गीता चाैधरी – कृषि तथा सहकारी र वनमन्त्री
साेविता गाैतम – कानून, न्याय तथा संसदीय मामिलामन्त्री
सीता वादी – महिला तथा बालबालिकामन्त्री
सुनिल लम्साल – भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री
निशा मेहता – स्वास्थ्य तथा खानेपानीमन्त्री
विक्रम तिमिल्सिना – सञ्चार तथा सूचना प्रविधिमन्त्री