बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News संसद् सचिवालयबाट आज सर्वदलीय बैठक आह्वान : भोलि बस्ने पहिलो बैठकका सम्भावित कार्यसूचीमा छलफल हुने

संसद् सचिवालयबाट आज सर्वदलीय बैठक आह्वान : भोलि बस्ने पहिलो बैठकका सम्भावित कार्यसूचीमा छलफल हुने

by sambridhaonline

चैत्र १८ , पोखरा – संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक आह्वान गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि संघीय संसदको अधिवेशन आह्वान गरेपछि त्यसको तयारीका लागि आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाइएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो ।

बैठक दिउँसो १ बजे सिंहदरबारमा रहेको सचिवालयमा बस्नेछ । गएको फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित सांसदहरूको पहिलो अधिवेशन राष्ट्रपति पौडेलले भोलि दिउँसो २ बजे आह्वान गर्नुभएको छ ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा), श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रतिनिधित्व छ । त्यस्तै एक जना निर्वाचित स्वतन्त्र सांसद महावीर पुन हुनुहुन्छ ।

प्रतिनिधिसभाको पहिलो बैठकमा सुशीला कार्की नेतृत्वको तत्कालीन सरकारले जारी गरेका तीन अध्यादेश पेश गर्नेसहित सचिवालयले सम्भावित कार्यसूची पहिचान गरेको छ । सचिवालयका प्रवक्ता गिरीका अनुसार आज सर्वदलीय बैठकमा भोलिका एजेण्डामाथि छलफल हुनेछ ।

सर्वदलीय बैठकले अधिवेशनको सभाको पहिलो बैठक सञ्चालन, प्रारम्भिक एजेण्डा चयन तथा कार्यतालिका व्यवस्थापनका विषयमा सहमति जुटाउनेछ । साथै सभामुख र उपसभामुखको निर्वाचन प्रक्रिया शुरु गर्ने विषय समेत प्राथमिकतामा रहनेछ ।

संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न गर्नुपर्ने हुन्छ । यसैबीच उहाँले सभा सञ्चालनको लागि सिंहदरबारभित्र निर्माणाधिन संसद भवनको बहुउद्देश्यीय हल पूर्ण नभएको अवस्थामा आवश्यक व्यवस्थापन मिलाउन प्रयास भइरहेको बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline