बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ

पोखरामा २ लाख २३ हजार नगदसहित ८ जुवाडे पक्राउ

by sambridhaonline

चैत्र २३ , पोखरा – कास्की प्रहरीले जुवातास खेल्दै गरेका आठ जनालाई नगदसहित पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा –१४ चाउथे स्थित एक घरमा जुवातास खेलीरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले शनिबार साँझ करिब ६ बजे उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूको साथबाट नगद रु २ लाख २३ हजार ५०० र ४ बुक तास बरामद भएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरी बहादुर बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार उनीहरूविरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकता सम्बन्धी कसुरअन्तर्गत अदालतबाट पाँच दिन म्याद थप गरी मुद्दा दर्ता भएको छ।

प्रहरीले उक्त कसुरमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline