बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News पश्चिम नेपालमा बिहानैदेखि वर्षा, पानी पार्ने प्रणाली पूर्वतिर सर्दै

पश्चिम नेपालमा बिहानैदेखि वर्षा, पानी पार्ने प्रणाली पूर्वतिर सर्दै

by sambridhaonline

चैत २५ , पाेखरा – बिहानैदेखि देशका पश्चिमी भू-भागमा पानी पर्न शुरु भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

डडेलधुरा, डोटी, अछाम, कालिकोट, सुर्खेत, दैलेख, जाजरकोट, रुकुम, सल्यान, बाँके, बर्दिया, दाङ, रोल्पा, प्युठान लगायत ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसोपछि यो प्रणाली काठमाण्डौ उपत्यका आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै देशका विभिन्न ठाउँमा चट्याङ, हावाहुरी, असिना र हिमपातको सम्भावना रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु प्रवाहको प्रभावले मौसमी गतिविधि सक्रिय बन्दै गएको छ । यसको असर पश्चिम नेपालमा बढी देखिन्छ ।

यस्तै कोशी र बागमती प्रदेशका पहाडी/हिमाली भूभाग तथा मधेस प्रदेशका केही ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी/हिमाली भूभागका एक/दुई ठाउँमा ठूलो वर्षा र हिमपात हुने सम्भावना छ ।

यसैगरी मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हावाहुरी पनि पर्ने सम्भावना छ । भोलि पनि कोशी प्रदेशका केही पहाडी/हिमाली क्षेत्र र मधेसका एक/दुई ठाउँमा मेघ गर्जन, चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline